गाजा बैधानिक महाअभियान गठनमा विश्व हिन्दु युवासंघको बधाई तथा शुभकामना

काठमाडौँ । नेपालको समृद्धिका लागि गाजा बैधानिक बनाउनु पर्छ भन्ने आन्दोलनमा रहनु भएका देश भरका अभियन्ताहरुको ईभेला बाट – नेपालमा बैधानिक बनाउन नागरिक स्तरको ” गाजा बैधानिक महाअभियान गठन भएको छ ।

आजको ईभेला बाट बिश्व हिन्दु युवा सघका केद्रीय सद्स्य तथा गाजा बिभाग प्रमुख समेत रहनु भएका जोशेफ मदन कोइरालाको अध्यक्षतमा बरिश्ठ अभियन्ता तथा गाजा बिज्ञ राजिब काफ्ले ज्यु को नेतृत्वको ५ सद्स्य सल्लाहकार सहित १२ सदस्य रहेको कार्य समिति गठन भएको छ ।

frontline

सल्लाहकार समितिका सम्योजक राजिब काफ्ले बिगत १२ बर्ष देखि नेपालमा गाजा बैधानिक बनाउने अभियानमा सकृय हुनुहुन्छ ।

उहाकै सकृयता र प्राबिधिक ज्ञानको आधारमा माननिय शेर बहादुर तामाङले सम्सदमा गाजा बिधेयक दर्ता गर्नु भएको थियो ।

काफ्लेले गाजाको सम्बन्धमा नेपालको तर्फबाट गाजा बिज्ञको रुपमा यु एन मा प्रतिनिधित्व गर्ने गर्नु भएको छ ।

त्यस्तै नेपाल सरकारकाका पुर्ब सचिब तथा सामाजिक सन्जालबाट गाजा बैधानिकताको बारेमा प्रभाबकारि अभियान चलाइ रहनु भएका भिम उपाध्याय ज्यु, अमेरिका रहेर नेपालमा गाजा बैधानिक बनाउने अभियानमा सकृय निरन्जन अर्याल क्यानेडाको ठुलो गाजा कम्पनिमा काम गरि रहनु भएका डा महेश प्रसाद पुडासैनी र जर्मन बाट गाजा बैधानिकताको अभियान चलाउदै गाजाको तेल बाट क्यान्सरका बिरामीहरुको उपचार गर्दै आउनु भएका जेकि चाप्चा जस्ता महत्वपुर्ण ब्यक्तिवहरु सम्मिलित सल्लाह्कार समुह गठन भएको छ ।

यि बाहेक नेपालमा यि बाहेक नेपालमा गाजा बैधानिकताको लागि महत्वपुर्ण योगदान गर्दै आउनु भएका आयुर्बिद ऋषिराम कोइराला यु , चिकित्सक डा सम्मोद आचार्य ज्यु डा श्याममणि अधिकारि ज्यु क्यानेडा रहनु भएका नारायण घिमिरे ज्यु नेपालमा रहनु भएका सामाजिक अभियन्ता सुरजित्त दत्त अभिशेषराज सिह थापा ,केशब स्थापित माननिय बिरोध खतिवडा र माननिय दिब्यमणि राजभण्डारि समेतलाइ स्मरण गर्न चाहान्छु ।

र गाजाबाट नेपाललाइ समृद्धि दिलाउन आबस्यक ब्यबस्थापनका लागि निरन्तर योगदान रहने छ भन्ने बिश्वाश गर्द्छु ।

र यो गाजा बैधानिक महाअभियानमा देश तथा बिदेशमा रहनु भएका अभियन्ताहरु लाइ महाअधियानमा जोडिन समेत अपिल गर्द्छौ ।

बिश्व हिन्दु युवा सघको सरकार सग माग : बिश्व हिन्दु युवा सघ गाजा बैधानिक बनाउन बिगत १ बर्ष देखि सकृय रहि केन्द्रीय समिति बाट पारित गरेर गत पौष २७ को रास्ट्रीय एकता तथा पृथ्बी जयन्तिमा माइतिघर मण्डेलामा प्रदर्शन गरेको एक मात्र सगठन हो /

यस अर्थमा हामी भन्न चाहान्छौ सल्लाहकार समितिका सम्योजक बरिसठ अभियन्ता तथा गाजाबिज्ञ राजिब काफ्लेको नेतृत्वमा बिज्ञ तथा अभियन्ता सम्मिलित ” गाजा ब्यबस्थापन आयोग तत्काल गठन गरियोस र बढि भन्दा बढि ग्रामिण तथा गरिब जनताको आर्थिक उत्थान हुने ब्यबस्था गरियोस ।

”नेपाली जनताको समृद्धिको अन्तिम आशा हो गाजा ।

जनताको अन्तिम आशामाथी षडयन्त्र भयो र ब्यापारि र दलालहरु मात्र मोटाउने अबस्था सृजना भयो भने बिश्व हिन्दु युवा सघ हतियार सहित शसस्त्र प्रतिरोध गर्न समेत तयार हुने उदघोष गर्द्छौ ।

जनताको समृद्धिको चाहनालाइ पुरा गर्ने दायित्वमा ‘ गाजा बैधानिक महाअभियान सफल रहोस । बिश्व हिन्दु युवा सघको सम्पुर्ण परिवारको तर्फ बाट हार्दिक बधाइ तथा शुभकामनाव्यक्त गरिएको अध्यक्ष ऋषिकेश जंग शाहले जानकारी दिनुभयो ।No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here