गाई काटेको आरोपमा तीन जना पक्राउ

चितवन । चितवनमा गाई काटेको आरोपमा तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ सुन्दरबस्तीबाट तिन जनालाइ पक्राउ गरेको हो ।




पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं. १ का ३२ वर्षीया उर्मिला परियार, १६ वर्षका सविन परियार र १६ वर्षकै सुवास परियार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सुन्दरबस्ती स्थित महेन्द्र सुबेदीको केराबारी नजिकै घोलको खाली जग्गामा गाई काटेर भाग लगाउदै गरेको अवस्थामा उनिहरुलाई ईलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलिले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई चितवन जिल्ला अदालतवाट म्याद अनुमती लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्