गर्भवती महिलाले बच्चा गुमाउनु परेको भन्दै अस्पतालका अधिकारीलाई जागिरबाट निकालियो

२३ पुस, सियान । चिनियाँ अधिकारीहरुले अस्पतालका अधिकारीहरुलाई जागिरबाट निकाला गरेका छन्। कोभिड लकडाउनका कारण गर्भवती महिलाले आफ्नो बच्चा गुमाउनु परेको भन्दै चीनको शान्सि प्रान्तीय सरकारले सियान अस्पतालका अधिकारीहरुलाई जागिरबाट निकाला गरेको हो।

जनवरी १ मा सुत्केरी बेथा लागेपछि एक महिला सियान गाओसिन अस्पताल पुगेकी थिइन्। उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भए पनि सो रिपोर्ट चार घण्टा पुरानो भन्दै अस्पतालका अधिकारीहरुले उनलाई तत्काल अस्पताल भर्ना गर्न मानेका थिएनन्।

frontline

भर्ना हुने पालो कुर्दै अस्पतालबाहिर कुरेकी ती महिलाको योनीबाट अत्यधिक रगत बगेको थियो। त्यसपश्चात लगत्तै ती महिलालाई अस्पतालका अधिकारीहरुले भर्ना गराउँदै सुत्केरी गराएका थिए।

तर अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको गर्भबाट जन्मेको बच्चाको मृत्यु भइसकेको थियो।

ती महिलाको कथाको भिडियो सामाजिक सञ्जाल वेइवोमार्फत् भाइरल बनेको थियो। बुधबार शान्सि प्रान्त र सियान नगरपालिका स्वास्थ्य आयोगले अनुसन्धान अघि बढाएको थियो भने कोभिड लकडाउनपछि निम्तेको लापरबाहीका कारण बच्चाको मृत्यु भएको पुष्टि गरेको थियो।

सोही कारण स्थानीय सरकारले दुईवटा अस्पतालका स्वास्थ्य अधिकारीहरुलाई अस्पतालको जागिरबाट निकालिएको गार्जियनमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here