गरीब मुलुकलाई तत्काल ठूलो परिमाणमा खोप उपलब्ध गराउन यूनिसेफको आग्रह

काठमाडौं । एजेन्सी, यूनिसेफले धनी मुलुकहरुमा कोरोनाविरुद्धको खोप खेर गइरहेको तर गरीब मुलुकका जनता खोप नपाएरै मरिरहेकातर्फ धनी मुलुकको संगठन जी सेभेनका नेताहरुलाई सचेत गराएको छ ।

यूनिसेफकी खोप नेतृत्वकर्ता लिली क्यापरानीले धनी देशहरुले आफ्नै देशका अरु भूभागमा झै गरी विश्वको जनसंख्यालाई खोप लगाउन सघाउनुपर्ने बताउँदै ती मुलुकहरुमा खोप लगाउनेको संख्या न्यून हुँदा पनि कम क्षमता भएका मुलुकलाई नदिएकामा आपत्ति जनाउनुभएको हो ।

frontline

आफ्नो देशका बाँकी मानिस कहिले खोप लगाउन आउँलान् भनेर कुर्दासम्म खोपको आयु नै सकिने तर्फ पनि यूनिसेफले सचेत गराएको हो ।

ती देशमा बचेको कोरोना भाइरसविरुद्धको खोप एकै पटक गरीब मुलुकमा पठाइएमा ठूलो मात्रा खेर जाने चेतावनी पनि यूनिसेफको छ ।

गरीब देशहरुसँग भण्डारण क्षमता नभएको भन्दै यूनिसेफले एकै पटक नगरी वर्षभरमा पटक पटक गरी ती मुलुकहरुमा खोप पठाइनुपर्ने जनाएको हो ।

यूनिसेफको यस आग्रहलाई डेभिड बेक्याम, बिली इलिश र प्रियंका चोपडा जस्ता सेलिब्रेटीहरुले समर्थन गरेका छन् ।

उनीहरुले धनी मुलुकको समूह जी सेभेनलाई एक पत्र लेख्दै अगस्टसम्ममा खोपको २० प्रतिशत दान गर्न आग्रह गरेका छन् ।

यस्तो पत्रमा हस्ताक्षर गर्ने अरु सेलिब्रेटीहरुमा एन्डी मरे, ओलिविया कोलम्यान, इवान म्याकग्रेगर, लियाम पायने, ओरल्याण्ड ब्लूम, कैटी पेरी, गेम्मा चान, ब्हूपी गोल्डबर्ग, क्लाउडिया शिफर र क्रिस होय रहेका छन् ।

उनीहरुले सबैतिर निर्मूल नहुँदासम्म कोरोना भाइरसको महामारी अन्त्य नहुने भएकाले सहयोगका लागि अपील गरेको बीबीसीले जनाएको छ ।

जून–अगस्टबीचमा धनी मुलुकले खोप उपलब्ध गराएमा कोभ्याक्सलाई १५ कारेडभन्न्दा बढी खोप प्राप्त हुने पनि उनीहरुले उल्लेख गरेका छन् ।

बेलायतसहितका केही धनी मुलुकले आफ्नो देशमा बचेको खोप गरीब देशका लागि दान दिने घोषणा गरेका छन् ।

तर ती मुलुकहरुलाई अझै बढी सहयोगका लागि आग्रह गरिएको हो ।

जी सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here