गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले लिए शपथ

२५ पुस, पोखरा  । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  मुख्यमन्त्री अधिकारीलाई शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री अधिकारीसहित अन्य तीनजना मन्त्रीले पनि शपथ लिएका छन्।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनीहरुले शपथ लिएका हुन्।

frontline

एमाले संसदीय दलका नेता अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । अधिकारीले एमाले, माओवादी, राप्रपा र एक स्वतन्त्रसहित ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । 

मुख्यमन्त्री अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here