गण्डकी मुख्यमन्त्री पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान

श्रोत :ईन्टरनेट

काठमाण्डु । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् ।

औषधी, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, राजीव गुरुङसहितको टोली मनाङ निस्किएको हो ।

frontline

गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ पुगेका छन् ।

मनाङ प्रस्थान गर्नुअघि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

साथै उनले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई बिपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

poster-here