गठबन्धन दलहरु सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा
११ असोज, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दलहरु सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा छन् ।
दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरूलाई दसैं अगावै सिटको भागबन्डाा टुंग्याएर उम्मेदवार चयनको छलफल गर्नुपर्ने दबाब छ ।
गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।
कार्यदलले दिएको निचोडका आधारमा आज शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्