गएरातीको चट्याङ्गमा परि तीन जनाको मृत्यु

फ्रन्टलाइन देशकाल । गए राती चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको मृत्यु भएको छ । चट्याङ्ग लागेर बाग्लुङको ताराखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो ।

frontline

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसगरि भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर मृत्यु भएको छ । उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here