खोलाले बगाउँदा दाङमा एकजना वेपत्ता

सान्केतिक तस्बिर

२० असोज, दाङ । खोलाले बगाउँदा दाङमा एकजना वेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका १० का ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो १२ बजे खोलाले बगाउँदा बेपत्ता भएका चौधरीको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जानकारी दिनुभयो। घटना स्थलमा नेपाल प्रहरी,शसस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख ओलीको भनाई छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here