खोप र स्वास्थ्य सामग्री सहयोग गर्न नेपाली प्रतिनिधिद्धारा चीन सरकारलाई अनुरोध

फ्रन्टलाइन देश । कोरोना संक्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिकका प्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन् ।

नेपालीहरुको तर्फबाट पत्रकार, लेखक, कलाकार, समाजसेवी, प्राध्यापक, व्यवसायीलगायतले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत् चीनसँग सहयोग मागेका हुन् ।

frontline

‘जागरुक नागरिकहरु’ भनेर ८६ जनाको नाम उल्लेख गरिएको संयुक्त अपीलमा विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको र परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको उल्लेख छ ।

आगामी महीनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको र सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीको सहायता चाहिएको अपीलमा उल्लेख छ ।

नेपालमा स्वास्थ्य जनशक्ति र अग्रपंक्तिमा रहेर रहेर काम गर्नेको संख्या देशभर अपुग छ भने देशको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामा आइपुगेको जानकारी पनि चीन सरकार र चिनियाँ नागरिकलाई गराइएको छ ।

चीन सरकारले नेपाललाई सन् २०१५ को गोरखा भूकम्प र भारतले लगाएको नाकाबन्दीका साथै कोरोना महामारीको बेला खोप, अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीमा गरेको सहयोगप्रति आभार व्यक्त गरिएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अपुग भएको र नेपालका जम्मा एक प्रतिशत जनसंख्याले पूर्ण–खोप (दुवै डोज) लगाउन पाएको भन्दै थप खोप उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here