खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन
३१ जेठ, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन छन् ।
गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउन सकेका छैनन् ।
भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दुतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।
गाईड विना खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि सकृय भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्