खानेपानी,अन्य आपुर्ती सामग्री लिएर पहिलो विदेशी सहायताको विमान टोङ्गा पुग्यो

७ माघ, वेलिङ्टन  । आवश्यक खानेपानी र अन्य आपुर्ती सामग्री पुर्‍याउन पहिलो विदेशी सहायताको विमान टोङ्गा पुगेको छ।

आवश्यक खानेपानी र अन्य आपुर्ती पुर्‍याउन न्युजिल्याण्डबाट सेनाको विमान प्रशान्त क्षेत्रको टापु मुलुक टोङ्वा पुगेको हो। 

frontline

विदेशी सहायता अन्तरगत आवश्यक खानेपानी र आपुर्ती सामग्री पुर्‍याउन पहिलो विमान टोङ्गा पुगेको न्युजिल्यान्डले जनाएको छ।

ज्वालामुखी विस्फोटबाट निस्केको खरानीले पुरिएको टोङ्गाको धावनमार्ग सफा गरिएपछि पहिलो पटक विदेशी सहायताअन्तरगत न्युजिल्याण्ड सेनाको विमान त्यहाँ अवतरण भएको बताइएको छ। 

खानेपानी र अन्य सहायता सामग्री बोकेका न्युजिल्याण्ड र अष्ट्रेलियाले पठाएका अन्य विमान र जहाजहरु पनि ज्वालामुखी प्रभावित क्षेत्रमा पुग्ने बताइएको छ। 

गएको शनिबार टोङ्गानजिकै समुद्रमुनीबाट ज्वालामुखी विस्फोट भएको थियो। 

त्यसको असर संसारभर परेको थियो। विस्फोटपछि निस्केको खरानी टोङ्गा र समुद्री क्षेत्रमा फैलिएको थियो भने समुद्री क्षेत्रमा सुनामी र व्यापक छालहरुको तरंग फैलिएको थियो।

जसका कारण टोङ्वामा खानेपानी र अन्य आपुर्तीको अभाव भइरहेको छ। 

सो विस्फोटबाट कम्तीमा ३ जनाको ज्यान गएको थियो। विस्फोटपछि निस्केको खरानीका कारण क्षतिको वास्तविक विवरण भने अझै प्राप्त भइसकेको छैन। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here