खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एकजना घाइते

सान्केतिक तस्बिर

११ चैत, काठमाडौं । लमजुङको बेँसीसहर नगरपालिका- १० खासुरबेँसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । 

आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।’

frontline

घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । आगलागीबाट २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here