खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित

फाइल तस्बिर

२३ पुस, नयाँ दिल्ली । इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण  प्रभावित भएका छन्।  

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन्  जसका कारण उडानमा विलम्ब भएको छ।

frontline

केन्द्रीय राजधानी सहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ  जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन्। 
इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतता बारे सार्वजिनक सूचना जारी गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here