खनाललाई वार्डमा सारियो,अक्सिजनको सपोर्टमा उपचार हुँदै

फाइल तस्बिर

विगत ९ दिनदेखि ज्वरो, आज बिहान पौने ८ बजे  नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ।

खनालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आज बिहान खनाललाई अस्पताल लगिएको थियो।

frontline

अस्पतालले दिएको जानकारीअनुसार खनाललाई विगत ९ दिनदेखि ज्वरो आएको थियो।

‘ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उहाँ नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनु भएको थियो,’ अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ। वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ।

खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ।

उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिड पछिको समस्या हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here