क्रिसमसको अवसरमा जर्मनका बाढी पीडितले पाए घर

९ पुस, बर्लिन  । जर्मनका बाढी पीडितले घर पाएका छन् । गएको वर्षायामको बाढीबाट पीडित बनेका उनीहरुले क्रिसमसको अवसरमा साना घर पाएका हुन् । गत जुलाई महिनामा जर्मनमा बाढीले तहसनहस बनाएको थियो ।

करिब ६ दशकयताकै ठूलो बाढीका कारण जर्मनभर १८० मानिसले ज्यान गुमाएका थिए ।

frontline

सो बाढीका कारण जर्मनका घर, भवन, सडक, पुल र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो ।

बाढीले सबैभन्दा बढि दक्षिणी जर्मनमा क्षति पुगेको थियो ।

सो समयमा जर्मन सरकारले राहतस्वरुप बाढी पीडितहरुको नाममा करिब ३० बिलियन युरो रकम छुट्याएको थियो ।

सो रकमअन्र्तगत सरकारले बाढी पीडितका लागि सन् २०२२ फेब्रुअरीसम्म बनाउने घोषणा गरेको थियो ।

बाढी पीडितका लागि सरकार र नीजि क्षेत्रबाट उठेको रकमले लक्ष्य अगावै परियोजना सम्पन्न गरेको डीडब्ल्यु न्युजमा खबर छ ।

क्रिसमसको अवसरमा नयाँ घर पाएकोमा आफूहरु निकै हर्षित भएको त्यहाँका बाढी पीडितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here