क्यान्सर अस्पताल भरतपुरमा पुनः इएचएस सेवा शुरु

चितवन । कोभिडका कारण बन्द रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको इएचएस र बिहानी सभा नियमित हुने भएको छ । कोरोनाको पहिलो लहरसँगै बन्द रहेका यी सेवा पुनः शुरु हुने भएको हो ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार इएचएस लगायतका कोरोनाका कारण बन्द रहेका सेवा साउन ३ गते आइतबारदेखि नियमित हुनेछन् ।

frontline

उहाँले सम्बन्धित विभाग, शाखा, इकाइ र मातहतका सम्पूर्ण कर्मचारीलाई सोही अनुसार सेवा प्रवाह गरी बिरामीलाई सेवा प्रदान गर्न सूचित गरिएको बताउनुभयो ।

उहाँका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा इएचएस सेवा दिइएको थियो । हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उहाँले जानकारी दिनुभयो ।

आइतबारबाट सबै विभागमा पूर्ववत् अवस्थामा इएचएस सेवा सञ्चालनमा आउनेछ । कार्यालय समयबाहेकको समयमा अतिरिक्ति शुल्क लिएर दिइने सेवा इएचएस सेवा हो ।

यसैगरी अस्पतालमा बिहानी सत्रमा सञ्चालन हुँदै आएको बिहानी सभा (मर्निङ कन्फ्रेन्स) कोभिड–१९ महाकारीका कारणले केही समयदेखि बन्द रहेकामा साउन ४ गते सोमबारदेखि नियमित गरिएको छ ।

प्रत्येक दिन बिहान ठीक ९ बजे सञ्चालन हुने उक्त सभामा सहभागी हुन सबै चिकित्सकलाई जानकारी गराई सकिएको उपनिर्देशक डा शर्माले बताउनुभयो ।

उहाँले महामारी बिस्तारै न्यून हुँदै गएकाले सभा नियमित गरिएको बताउँदै भन्नुभयो, “क्यान्सरका बिरामीको उपचारमा सहजता ल्याउन र मेडिकलसम्बन्धी अन्य छलफल गरी उपचार प्रणालीलाई प्रभावकारी बनाउने सभा गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here