क्यानाडाको निर्वाचनमा ट्रुडोको लिबरल्सको अग्रता

टोरन्टो, ५ असोज (रासस÷एपी) ः क्यानेडियामा सोमबार सम्पन्न संसदीय निर्बाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले अग्रता लिएपनि सरकार निर्माणका लागि आवश्यक बहुमत सीट जित्न भने असफल भएको छ ।

संसदको पूरा अवधि सकिनुभन्दा दुई वर्ष पहिले भएको निर्बाचनमा लिबरल पार्टीलाई अपेक्षाकृत समर्थन नमिलेको विश्लेषकहरूले बताएका छन् । लिबरल पार्टीले अन्य दलकोभन्दा सिट जितेको छ ।

frontline

४९ वर्षीय ट्रुडोले आफ्नो पिता लिबरल आइकन र स्वर्गीय प्रधानमन्त्री पियरे ट्रुडोको ख्याती र आफ्नो कार्यकालमा गरेका कामहरूलाई निर्बाचनमा बहुमत ल्याउने आधारसहित मध्य अवधिमा नै निर्वाचनको घोषणा गर्नुभएको थियो ।

उहाँले सन् २०१५ मा पहिलो पटक चुनाव जित्नुभएको थियो । उहाँले आफ्नो पार्टीलाई दुई निर्वाचनमा नेतृत्व गर्नुभएको छ । ट्रुडोका लिबरल्स सदस्यले सन् २०१९ मा जितेको भन्दा एक सीट कम अर्थात् १५६ सीटमा अग्रता वा निर्वाचित भएका छन् ।

अग्रता कायम गरेका सबै स्थानमा जितेमा पनि यो सङ्ख्या हाउस अफ कमन्समा बहुमतका लागि आवश्यक १७० मध्ये १४ सीटले कमी हुनेछ । कन्जरभेटिभ पार्टीका सदस्यले १२१ सिटमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् ।

सन् २०१९ मा उनीहरूले जितेको सङ्ख्या पनि यही हो । यहाँको वामपन्थी न्यू डेमोक्र्याट पार्टीका सदस्यले २७ स्थानमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् । बामपन्थी दललाई पहिलेभन्दा तीन सिटको लाभ मिल्ने देखिएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here