कोसी ब्यारेजमा खतराको संकेत बल्यो रातो बत्ती

फाइल तस्बिर

१५ असार, धरान । लगातारको वर्षातका कारण सप्तकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । 

सप्तकोसीमा बुधबार पानीको बहाव एकलाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

frontline

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ । 

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीय सन्तोष चन्द्रबंसीले बताए।

उनले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्वसाधारणको अवस्था सहज बनाइदिन सरकारसँग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here