कोलम्बियामा पहिरोमा परी १४ को मृत्यु ,३४ घाइते

२७ माघ, बोगोटा । कोलम्बियामा पहिरोमा परी कम्तीमा १४ मानिसको मृत्यु भएको छ।

भारी वर्षापछि कोलम्बियाको रिसाल्डा प्रान्तको डस्कीब्रेडासमा बुधबार बिहानै गएको पहिरोमा परी कम्तीमा १४ मानिसको मृत्यु भएको हो।

frontline

सो पहिरोमा परी अन्य ३४ मानिस गम्भीर घाइते भएको त्यहाँको राष्ट्रिय विपद् विभागले जनाएको छ।

विभागका अनुसार अन्य एक मानिस अझै बेपत्ता भएका छन्। उद्धारकर्ताहरुले पहिरोमा फसेकाहरुको उद्धार खोजी गरिरहेको बताइएको छ।

पहिरो खस्दा विस्फोटक पदार्थ पड्किएको जस्तो आवाज आएको र पहिरो गएको ठाउँमा ठूलो पहाड खसेको स्थानीयले एएफपी समाचार एजेन्सीसँग बताएका छन्।

पहिरोमा परी कैयौं घरहरु पुरिएको र पुरिएको घरबाट दर्जनौं मानिसको उद्धार गरिएको बताइएको छ।

यसअघि सन् २०१७ मा मोकोवा सहरमा गएको पहिरोमा परी ३२० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here