कोरोनाविरुद्धको खोप लगाउँदा घूस मागेकोमा दुई स्वास्थ्यकर्मी पक्राउ

२८ मंसिर, काठमाडौं । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग रु २० हजार घूस मागेका थिए ।

frontline

निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घूससहित पक्राउ गरेको हो ।

आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here