कोरोनाबाट एकै परिवारका ३ को मृत्यु
काठमाडौं । धनकुटामा एक महिनाको अन्तरमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका वडा न ६ का एकै परिवारका आमा, छोरा र छोरीको मृत्यु भएको हो ।
बैशाख २५ गते छोरी बिजयाश्री श्रेष्ठ ,जेठ १८ गते आमा सौभाग्यवती श्रेष्ठ र छोरा विश्वप्रकाश श्रेष्ठको मंगलबार कोरोना संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्