कोरोनाको संक्रमण बढेपछि सिन्धुपाल्चोकका ३ स्थानीय तह बन्द

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिन्धुपाल्चोकका स्थानीय सरकारहरुलधमाधम सेवा प्रवाह बन्द गराएका छन् । स्थानीय सरकारका जनप्रतिनिध र कर्मचारी नै संक्रमित भएपछि स्थानीय सरकारले सूचना निकालेर कार्यालयबाट नियमित हुने कामहरु बन्द गराएका हुन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये बाह्रविसे, मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकाले काम बन्द गरेका छन् ।

frontline

त्यस्तै बलेफी गाउँपालिकाले पनि पालिकाबाट हुदै आएका सबै कामहरु बन्द गराएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । स्थानीय सरकारले मात्रै होइन प्रदेश र संघीय सरकार अन्र्तरगतका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा पनि प्रभावित भएको छ ।

स्थानीयको प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालयका धेरै कर्मचारीहरुमा कोरोना संक्रिमत भएपछि काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

तत्कालका लागि सिन्धुपाल्चोकमा तिन नगरपालिका र एक गाउँपालिकाले आफ्नो कार्यालय बन्द गराएपनि अन्य स्थानीय सरकारले पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बन्द गराउने तयारी गरेका छन् ।

केही दिन अघि मात्रै लिसंखुपाखर गाउँपालिका बन्द भएको थियो । केही दिनका लागि खुले पनि अहिले पनि आफुहरुको क्षेत्र जोखिम नै रहेको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

बाह्रविसे नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले दैनिक गर्दे आएको सबै काम बन्द गराएको मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

चौतारा साँगाचोकगढी नगरपालिका एकजना वडा अध्यक्ष सहित कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि त्यहाँको सेवा पनि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here