कोरोनाको दोस्रो मात्रा खोप लगाएको केही समयमै पुरूषको मृत्यु

डोटी । डोटीमा एकजना पुरूषको कोरोनाविरूद्धको दोस्रो मात्रा खोप लगाएको केही समयमै मृत्यु भएको छ । शिखर नगरपालिका -२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको मृत्यु भएको हो ।

गाउँनजिकै रहेको खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धब बहादुर ठगुन्नाले बताए ।

frontline

बिहान साढे आठ बजे उनले खोप लगाएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए। उनले भने, ‘बोगटीको मृत्यु सवा एघार बजे भएको हो ।’

खोप लगाएर घरमा गई खाना खाएर कोठामा आराम गरिरहेको समयमा उनको मृत्यु भएको हो । उनको मृत्य खोपका कारण नभएर अन्य कारणले भएको हुनसक्ने शाहले बताए । 

खोपको एक भाइल (सिसी) मा दुई डोज खोप हुन्छ, इकाइ प्रमुख शाहले भने, ‘उनलाई लगाएको भाइलबाट अर्को व्यक्तिलाई समेत लगाएको र अर्को व्यक्तिलाई कुनै किसिमको समस्या नदेखिएकाले खोपकै कारणले उनको मृत्यु भएको हो भन्न सकिदैन ।’

उनी दिर्घरोगी भएको र उनको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here