कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीन आक्रोशित

फ्रन्टलाइन विश्व । चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयको चीनले विरोध गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएपछि चीनले यसको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले अरूलाई दोषी देखाउन खोजेको भन्दै भर्त्सना गरेको बीबीसीले जनाएको छ ।

चीनले कोभिड–१९ र वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि बताएको छ । कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान सहरमा देखा परेको थियो । त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले यो भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।

frontline

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसै वर्षको स्थलगत अध्ययनपछि यस भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो। तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणमा यो भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् । अमेरिकाले विश्वमा कोरोना फैलनु अगाडि चीनकै प्रयोगशालाका तीन जना शोधकर्तामा सङ्क्रमण पुष्टि भएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here