कोरोना संगै भारतमा आँधीको जोखिम, जोखिमयुक्त राज्यमा उच्च सतर्कता

फ्रन्टलाइन, विश्व । दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।

भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ । यो आँधीका कारण एक सय ५० देखि एक सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा रहेको खबरमा उल्लेख गरिएको छ

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here