कोरोना संक्रमणबाट एक सातामा ५५ जनाको मृत्यु
१४ माघ, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उकालो लाग्दो क्रममा रहेको छ।
पछिल्लो एक सातामा ५५ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ।
यसरी हेर्दा दैनिक औसत ८ जनाको मृत्यु भइरहेको छ। गत शुक्रबारदेखि आज बिहीबारसम्म संक्रमणबाट ५५ जनाको मृत्यु भएको हो।
गत शुक्रबार ३, शनिबार १६, आइतबार ४, सोमबार ४, मंगलबार ८ जनाको संक्रमणबाट मृत्यु भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५ र बिहीबार एकैदिन १५ संक्रमितको मृत्यु भएको छ।
केही दिनयता संक्रमणदर बढ्दो क्रममा रहेको छ।
प्रतिक्रिया दिनुहोस्