कोरोना संक्रमणबाट एक प्रहरी असईको मृत्यु

काठमाडौं । महोत्तरीमा कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु भएको छ।

जिल्लाको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। 

frontline

जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक अस्पतालमा रिफर गरिएको र त्यहाँ नै उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए।

जानकी हेल्थकेयरबाट प्रादेशिक अस्पतालमा रिफर गरिएको हामीलाई रिपोर्टिङ भएको छ,’ एसपी आचार्यले भने।

यद्यपि परिवारजनले जनकपुरधामस्थित रामजानकी अस्पतालमा मृत्यु भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

poster-here