कोरोना संक्रमणदर घट्दो क्रममा, ३८ संक्रमित, एकजनाको मृत्यु

१२ असोज, काठमाडौं । भदौयता नेपालमा कोभिड १९ को संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दुई हजार ८१८ वटा नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।

त्यस्तै, आज ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here