कोरोना भाइरसको महामारीको लडाइमा सफलता हासिल-रौतहट गरुडा

जेठ२१ मेवालाल यादवल

रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ५ झाझपुलमा सञ्चालनमा रहेको रौतहट ग्राण्डि अस्पताल प्रा.ली.ले छोटो समयमा नै कोरोना भाइरसको महामारीको लडाइमा सफलता हासिल गरेको छ । रौतहटमा पछिल्लो समय कोरोना भाइरसको उच्च जोखिमका रहेको बेला रौतहट ग्राण्डि अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोनाका बिरामीहरुलाई शत प्रतिशत निको पार्न सफल भएको हो । नेपाल सरकारले होमआइसोलेसनमा नै बस्न प्राथमिकता दिएपछि रौतहटका कोरोना संक्रमितहरु घरमा नै बसिरहेका छन । रौतहट लगायत सर्लाही , महोत्तरी , धनुषाका २५ जना संक्रमितहरु आफ्नो अस्पतालमा उपचारपछि ठिक भएको डाक्टर संजिप जयसवालले बताउनु भयो । कोरोना संक्रमितहरु अन्तिम अबस्थामा फोक्सोमा भाइरसले आक्रमण गरिसकेको अबस्थामा आउने गरेको र अक्सिजन बिना बाच्न नसक्ने अबस्थाका अस्पतालको अथाह प्रयासपछि बिरामीहरुले कोरोना जित्न सकेको डाक्टर राकेश स्वर्णकारले बताउनु भयो । कोरोनाको लडाइमा रौतहट ग्राण्डि अस्पतालमा उपचारमा कुनै कमी नरहेको संक्रमितहरुले बताएका छन । गत बर्ष २०७७ फागुन २६ गतेबाट सञ्चालनमा आएको सो अस्पतालले कोरोना भाइरसको दोस्रो लहरको संकटको घडीमा २०७८ बैशाख २४ गतेबाट सुविधा सम्पन्न कोभिड वार्ड सञ्चालनमा ल्याएको थियो । अस्पतालमा भेन्डिलेटरसहित आइसियु ,अक्सिजन लगायतको सुविधा रहेको छ । रौतहटको मध्य भाग गरुडा झाँझ पुलमा रहेको यस अस्पतालमा सहज सरल र सुविधा सम्पन्न सेवा प्रदान गर्नेमा कुनै कन्ज्युसाइ नहुने सञ्चालक डाक्ट!र सञ्जीव जयसवालले बताउनु भयो । साे अस्पतालमा डाक्टरहरूकाे टिममा डाक्टर स्वर्णकार सँगै डा.विक्रान्त मेहता,डा.सुभाष सिंह,डा.सृजना खाती, हे.अ.सुर्यनारायण यादव,सुर्यनारायण यादव,राकेश यादव,अ.हे.व. विजय यादव,अनमी तिर्थ तमाङ्ग,माया गुरूङ,ल‌ैब टेकनिसियन जितेन्द्र मुखिया,रेडियोग्राफर मन्दिप चाैधरी,स्टाफ नर्स खुसबु यादव रहेका छन् । राैतहटमा दक्ष जनशक्ति सहित सुविधा सम्पन्न हस्पिटलकाे रूपमा ग्राण्डी हस्पिटल परिचित हुँदै गएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here