कोभिडले मृत्यु भएका विदेशीको उत्तराधिकारी बनाउँछु भनेर ५६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । कोभिड–१९ बाट मृत्यु भएका विदेशी नागरिकको उत्तराधिकारी बनाएर उनीहरूको बैंकमा भएको रकम दिलाउने प्रलोभन दिएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको इटहर्वा घर भएका २७ वर्षका इम्तियाज अहमद छन् । उनलाई सिराहाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

आरोपीले ५६ लाख १० हजार रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीविरुद्ध ३ जनाले जाहेरी दिएका छन् । सामाजिक सञ्जाल ह्वाट्स एप र फेसबुक दुरुपयोग गरेर उनले डलर, ल्यापट र आईफोन पठाएको भन्दै कर बापत रकम ‘डिपोजिट गर्नुस’ भनेर ठगेका हुन् । पीडितहरूलाई कोरोना संक्रमणले मृत्यु भएका विदेशी नागरिकको नेशनल बैंकको रकम लिन उत्तराधिकारी बनाउँछु भनेर पीडितहरूलाई प्रलोभन देखाउने र पार्सल गरेर डलर पठाएको बहाना बनाएर ठगी गरेको एसपी आचार्यले बताए । आरोपीले विभिन्न व्यक्तिहरूको बैंक खाता सञ्चालन गरेर रकम जम्मा गर्न लगाउने र भारतमा गएर रकम बाँडफाँट गरेको अनुसन्धानबाट थाहा भएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here