कोभिडबाट जोगिन नगरबासीलाई धुलिखेलको अपिल, व्यवस्थापनका लागि १ करोडको अक्षय कोष स्थापना
फ्रन्टलाइन पालिका विशेष । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले विश्वव्यापी दोश्रो चरणमा आक्रान्त फैलाइरहेको कोभिड १९ बाट नगरपालिका पनि प्रभावित भएको भन्दै आफ्ना नगरबासीलाई यसबाट जोगिन अपिल गरेको छ ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकाले नगरपालिकामा भयावह अवस्था आउन सक्ने भन्दै भिडभाड हुने खालका कुनै पनि गतिविधि नगर्न नागरिकमा आग्रह गरेको छ । यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्णरुपमा पालना गर्न समेत सबैमा नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनका लागि रु १ करोड बराबरको अक्षय कोष खडा गर्ने निर्णय समेत गरेको छ । यसबाट कोभिड १९ बाट संक्रमित भई अस्पताल आउन नसक्नेलाई एम्बुलेन्सको सुविधा र आवश्यक परेको खण्डमा उपचार समेतमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
धुलिखेल नगरपालिकाद्धारा जनहितमा जारी गरिएको विज्ञप्तीको पुर्ण पाठ यसप्रकार छ ः
प्रतिक्रिया दिनुहोस्