कोभिड–१९बारे सचेत र सजग रहन महालक्ष्मी नगरपालिकाको अपिल

फ्रन्टलाइन, पालिका । नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी देशभर फैलिरहेकाले यसबाट सचेत र सजग रहन नगरबासीहरुमा महालक्ष्मी नगरपालिका ललितपुरले अपिल गरेको छ । सोमबार नगरप्रमुख रामेश्वर श्रेष्ठले विज्ञप्ती जारी गर्दै सो अपिल गर्नुभएको हो ।
छिमेकी मुलुक भारतमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सामान्य भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको चिकित्सकहरुको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । मृत्युदरका हिसाबले पनि ‘नयाँ भेरियन्ट’ पहिलेको भन्दा घातक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

frontline

नयाँ प्रजातिको भाइरसको जोखिम बढिरहेकाले सचेत र सजग रहँदै निम्न सावधानीहरु अपनाउन नगरपालिकाले नगरबासीमा अपिल गरेको छ ।
१. आफू पनि संक्रमित हुन सक्छु ठानेर स्वास्थ्य सावधानी, सजगता अपनाउनुहुन ।
२. स्वास्थ्यका न्यूनतम मापदण्डहरु (भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, सही तरिकाले मास्कको नियमित प्रयोग गर्ने) अनिवार्यरुपमा पालना गर्न गराउनुहुन ।
३. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा भौतिक रुपमा उपस्थित नभई भर्चुअल माध्यमबाट वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन ।
४. सामाजिक, राजनीतिक, साँस्कृतिक कार्यक्रम, भेला, जमघट, फुटसल, दर्शक जम्मा हुने खेलकुदका कार्यक्रम नगर्नु÷गराउनु हुन ।
५. सकभर धार्मिक क्रियाकलाप घरमै गर्ने । धार्मिक स्थलमा नै जानुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहुन ।
७. बजार, पसल, डिपार्टमेन्ट स्टोर, सपिङ मलमा हुने किनमेलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु÷गराउनु हुन ।
८. सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुहरूलाई मास्क अनिवार्य गर्नुहुन र सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुहुन गर्नुहुन ।
९. होटल, रेस्टुरेन्टबाट टेकअवे र होम डेलिभरी सेवाहरु सञ्चालन गर्नुहुन ।

१०. कार्यालय, बजार तथा सार्वजनिक स्थानबाट घर प्रवेश गरेपछि आफूले लगाएका लुगा कपडा परिवर्तन गर्नहुन तथा घरमा रहेका बालबालिका, बृद्धबृद्धा, असक्त र दीर्घरोगीसँग हेलमेल नगर्नुहुन ।
११. लक्षण देखिएमा घरमा अलग्गै स्थानमा बस्न, पीसीआर÷एन्टिजेन परीक्षण गर्नुहुन ।
१२. होम क्वारेन्टिन, होम आइसोलेसनमा रहेका नगरबासीमा स्वास्थ्य समस्या आइपरे नगरपालिकामा जानकारी दिनुहुन ।
१३. ६० वर्ष माथिका बृद्धबृद्धा तथा दीर्घ रोग भएका नगरबासी दिदी बहिनी तथा दाजुभाइहरुलाई घर बाहिर नजानु हुन ।
१४. घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेका मास्क नफाल्नुहुन ।
१५. विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनी कम्तिमा १० दिन होम क्वारेन्टिनमा अनिवार्यरुपमा बसिदिनुहुन ।
१६. पीसीआर÷एन्टिजेन परीक्षणका लागि प्रयोगशालामा स्वाब दिए पनि नतिजा नआएसम्म बाहिर हिँड्डुल, भेटघाट र बैठकमा सहभागी नहुनु हुन ।
१७. कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा समेतसंक्रमण हुनसक्ने भएकाले सामान्य अवस्थामा जस्तै सावधानी अपनाउनुहुन ।
१८. होम आइसोलेसनमा रहेकाबेला पनि स्वास्थ्यकर्मीसँग सम्पर्क र सल्लाह लिनुहुन ।
१९. अत्यावश्यक बाहेकको अवस्थामा नगरपालिकासहित सरकारी कार्यालयहरुमा नजानुहुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here