कोभिड महामारीका कारण बेलायतको झन्डै १,२२९ वर्ष पुरानो पब बन्द

२६ माघ, लण्डन  । सबैभन्दा पुरानो दाबी गरिएको बेलायतको एक पब बन्द भएको छ । झन्डै १२२९ वर्ष पुरानो बेलायतको पब कोभिड १९ महामारीका कारण बन्द भएको हो ।

बेलायतकै पुरानो दाबी गरिएको ‘ये ओल्डी फाइटिङ कक्स’ नामक पब कोभिड १९ का कारण आर्थिक समस्या आउँदा बन्द हुन लागेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ ।

frontline

बेलायतको राजधानी लण्डनस्थित सेन्ट अल्बान्समा रहेको सो पब एडि ७९३ देखि सञ्चालनमा आएको पबको वेबसाइटमा उल्लेख छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सो पब सञ्चालक क्रिस्टो टोफाल्लीले सो जानकारी दिएका हुन् । 

‘कोभिड महामारीले निम्त्याएको अत्यन्तै चुनौतीपूर्ण व्यापारिक अवस्थापछि यस पबले आफ्नो ढोका बन्द गरेको छ,’पबको आधिकारीक फेसबुकमार्फत सञ्चालक क्रिस्टोले भनेका छन्, ‘यो पब मेरो लागि विजनेस मात्र नभइ विजनेसभन्दा माथि थियो ।’ 

बेलायतको राष्ट्रिय तथ्यांक विभागका अनुसार बेलायतमा सन् २००८ देखि २०१८ सम्ममा ११ हजारभन्दा पबहरु बन्द भएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here