कोभिड महामारी अन्त्य गर्न धनी मुलुकलाई तत्काल १४ बिलियन युरो तिर्न डब्ल्युएचओको आग्रह

२७ माघ, जेनेभा ।  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोभिड महामारी अन्त्य गर्न धनी मुलुकलाई तत्काल १४ बिलियन युरो तिर्न आग्रह गरेको छ।

डब्ल्युएचओले बुधबार विश्व कोभिड महामारी अन्त्यका लागि धनी मुलुकहरुलाई तत्काल १४ बिलियन युरो उपलब्ध गराउन आग्रह गरेको हो।

frontline

‘कोभिड-१९ सँग लड्न विज्ञानले हामीलाई उपकरणहरु उपलब्ध गरायो,’ डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले भनेका छन्, ‘अब बाँकी उपकरण खरिद गर्न र कोभिडसँग जुध्ने योजनालाई प्रभावकारी बनाउन यदि धनी मुलुकहरुले सो रकम उपलब्ध गराएमा हामीले कोभिड महामारीलाई चाडो अन्त्य गर्न सक्छौं।’

उच्च आयस्रोत भएका धनी मुलुकहरुले न्यून र मध्यम आय भएका मुलुकलाई सो रकम उपलब्ध गराएमा सबैले कोभिडविरुद्ध समान ढंगले जुध्नसक्ने र चाँडै महामारीको अन्त्य हुने डब्ल्युएचओको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here