कैलाशराज पोखरेल अष्ट्रेलिया र कान्ता रिजाल इजरायलका लागि राजदूतमा नियुक्त

१२ असार, काठमाडौं । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

frontline

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here