कैलालीमा बसको ठक्करबाट एकजनाको मृत्यु

३ साउन, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–१, चौमाला बुहमुखी क्याम्पसनजिक बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा–२, कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

frontline

प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पसनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।

घाइते थापाको धनगढीस्थित निःसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here