कैलालीको मोहना र खुटिया नदीको बाढीमा फसेका ३२ जनाको सकुशल उद्धार

फाइल तस्बिर

१० असोज, कैलाली । कैलालीमा अविरल वर्षाका कारण बढी आएकाे छ । मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा ३२ जना बाढीमा फसेका थिए ।

frontline

फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरूको उद्धार गरिएको धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालले जानकारी दिनुभयाे ।

नदी पारी गाईबस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् । प्रहरीले अहिले त्यहाँ उद्धारकाे कार्यलाई जारी राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here