कैलाली ५ मा मतगणना गर्न माग गर्दै निर्वाचन कार्यालय अगाडि नाराबाजी

५ मंसिर, कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ ।

सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भए पनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उमेदवार समर्थकले नाराबाजी गरेका हुन् ।

frontline

मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउँदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए  । तर, साढे ४ बज्दासमेत गणना सुरु भएको छैन । उनीहरूले सहमतिअ

नुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूदसमेत नाराबाजी गरेका छन् ।

सर्वदलीय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले सगोलमा गणना गर्न माग गरेपछि विवाद भएको थियो । सोही क्रममा उनी ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here