केमिकल्स फ्याक्ट्रीमा भीषण विष्फोट, ३ को मृत्यु , १५ जना घाइते
१ पुस, भारत । भारतको गुजरातमा पंचमहल जिल्लामा फ्लोरो केमिकल्स फ्याक्ट्रीमा भीषण विष्फोट भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
सूचना पाएपछि घटनास्थल पुगेको पुलिस र अग्नी नियन्त्रक टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । घटनास्थलमा फसेकाहरुको उद्धार कार्य पनि जारी छ ।
फ्लोरो केमिकल्स फ्याक्ट्रीमा आज बिहान १० बजेतिर चर्को आवाजका साथ विष्फोट भएको थियो । स्थानीयका अनुसार विष्फोट निकै ठूलो थियो जसको आवाज कैयौं किलोमिटर परसम्म सुनिएको थियो ।
विष्फोटबाट फ्याक्ट्रीमा भीषण आगो लाग्यो । पंचमहलकी पुलिस अधीक्षक लिना पाटिलका अनुसार घाइतेहरुलाई अलग अलग अस्पतालमा पठाइएको छ ।
पाटिलका अनुसार अहिलेसम्म तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
फ्याक्ट्रीमा अरु मानिसहरु पनि फसेको हुन सक्ने आशंकामा उद्धार कार्य जारी रहेकोले मृत्यु हुने वा घाइतेको संख्या बढ्न पनि सक्छ ।
प्रतिक्रिया दिनुहोस्