केपी ओलीसँग मिल्ने सम्भावना समाप्त भयोः वामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे असन्तुष्टी जनाएका छन् । प्रधानमन्त्री अ‍ोलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णय गरेका थिए ।

उनले माधव नेपाल पक्षका नेताहरको सबै पद खोसेका थिए । प्रधानमन्त्री अ‍ोलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई बनाएपछि नेता गौतमले असन्तुष्टी जनाएका हुन् ।

frontline

प्रधानमन्त्री अ‍ोलीले नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज गरेका थिए । पद खारेज हुनुअघि गौतम एमालेको उपाध्यक्ष थिए । तर, उनको उपाध्यक्ष पद पनि खारेज भइसकेको छ । सोही विषयमा असन्तुष्टी व्यक्त गर्दै उनले केपी ओलीसँग जाने सम्भावना समाप्त भएको घोषणा गरेको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।

नेता गौतमले प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले अहिले ओलीले जे बोल्यो त्यही कानुन हुने अवस्था सिर्जना भएकोसमेत बताए ।

‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

poster-here