केपी ओली पुनःप्रधानमन्त्री, आज शपथ

श्रोत: ईन्टरनेट

नेकपा एमालेका अध्यक्ष केपी ओली पुनः आज प्रधानमन्त्री नियुक्त हुनु भएको छ ।

२७ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्राप्त गर्न नसक्नुभएपछि प्रधानमन्त्री ओलीको विरुद्धमा कांग्रेस, माओवादी तथा जनता सामाजवादी पार्टी (जसपाको उपेन्द्र यादव, डा. बाबुराम भट्टराई) पक्षले संयुक्त गठबन्धनको सरकार बनाउन प्रयास गरे पनि बहुमत नपुगेका कारण आज बेलुका नै पुनः ओलीलाई प्रधानमन्त्री नियुक्त भएको जनाएको छ ।

frontline

संयुुक्त गठबन्धनको तर्फबाट २७ गतेको बैठकमा १२४ जना सांसदहरुको हस्ताक्षर गरिए पनि हाल १२० जना मात्र सांसदहरु रहुनभएको छ । जसपामा उपेन्द्र र बाबुरामले जवरजस्त ४ सांसदलाई प्रधानमन्त्री ओलीको विरुद्धमा मतदान गर्न लगाउनुभएको थियो । तर हाल उक्त चार जना सांसदहरु अध्यक्ष महन्थ थाकुर तथा राजेन्द्र महतोको समूहमा आउनु सफल हुनुभएसँगै गठबन्धनको संख्या घटेको हो । यो सँगै उपेन्द्र र बाबुरामको समूहमा १३ जना सांसदहरुमात्र रहनुभएको छ । योसँगै कांग्रेस, माओवादी तथा सत्ता लिप्त उपेन्द्रको सपना चकनाचुर भएको छ ।

आज बुढानिलकण्ठमा कांग्रेसका सभापति देउवासँग भएको छलफलमा समेत गठबन्धनलाई सहयोग गर्न नसक्ने जसपाका अध्यक्ष महन्थ र राजेन्द्रले स्पष्ट पारिसक्नुभएको छ । त्यस्तै राष्ट्रपति भण्डारी समक्ष समेत अध्यक्ष महन्थले उपेन्द्रसमूहले गरेको कुनै पनि निर्णय पार्टीको हुन नसक्ने भन्दै आधिकारी जानकारी समेत गराई सक्नुभएको छ । यो सँगै गठबन्धनले सरकारको बागडोर संहाल्ने सपना तुहिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन गर्न आव्हान गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले सरकारको दावी गर्न दिनुभएको तीन दिनको समयमा आज साँझ ९ बजे समाप्त हुँदै छ । कांग्रेस माओवादीसहितको गठबन्धनले बहुमत पुर्याउन नसकेपछि पुनः संविधानको धारा ७६ (३) अनुसार सवैभन्दा ठूलो दलको नेताको हैसियतामा एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीद्वारा पुनः प्रधानमन्त्री नियुक्त भएको जनाएको छ ।

आज ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिएसँगै भोली जसपा महन्थ तथा राजेन्द्र समूहका ७ जनाले मन्त्रीको सपथ लिने तयारी समेत भइसकेको स्रोतले जनाएको छ । जसपालाई कुन कुन मन्त्रालय र को को हुने भन्नेबारेमा पुष्टि हुन सकेको छैन । यद्यपी ७ मन्त्रालयको जिम्मेवारी दिने आन्तरिक समझदारी बनिसकेको स्रोतले बताइएको छ ।

त्यस्तै अध्यक्ष ओलीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन माधव कुमार नेपाल समूहसँग समेत चरणवद्ध रुपमा वार्ता गरिरहनुभएको छ । माधव नेपाल, भिम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारवाही समेत पार्टीले फिर्ता लिइसकेको छ । एमाले मिलेको खण्डमा कांग्रेस माओवादीले कार्यकालमा बहुमत पुर्याउन नसक्ने समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here