‘कृषि मन्त्री मुर्दावाद’ नाराको साथ् जनमत पार्टीको महा र्याली प्रदर्शन
मेवालाल यादव,
३० पौष, रौतहट । सिके राउत नेतृत्वको जनमत पार्टीले आज रौतहट सदरमुकाम गौरमा प्रर्दशन गरेको हो ।
कृषि मन्त्री मुर्दावाद ,किशानको माग पुरा गरौ ,सिके राउत जिन्दावाद नाराको साथ प्रदेश -२ का हरेक जिल्लामा आज जनमत पार्टीका किशानहरुले महारैली प्रर्दशन गरेका छन् ।
किसानको समस्याहरु सरकारले समाधान गर्नु पर्ने माँग राख्दै जनमत पार्टीले प्रदेश २ का जिल्लाहरुमा कार्यक्रम गर्दै आएका छन् ।
किसानहरुलाई बिउबिजन, मलखाद तथा आवश्यक सामग्रीहरु सहजरुपमा वितरण गर्नु पर्ने तथा किसानले भोग्दै आएका समस्याहरु समाधानका लागी सरकारले तत्काल पहल गर्नुपर्ने माँग राख्दै किशानहरुले महारैली प्रर्दशन गरेका छन् ।
जनमत पार्टीका रौतहट जिल्ला सचिव बिकाश कुमार यादवले किसानका माँग प्रति सरकार गम्भीर नभएको बताए ।
सकारको ध्यानाकर्षणका लागी आजै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।
प्रर्दशनमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट किसानहरु गौर आएको उनले बताए ।
किसानहरुले हलो, कोदालो, टायरगाडा लगायतका कृषि सामग्रीहरु सहित गौरमा प्रर्दशन गरेको जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक शानुले बताए ।
तराई मधेका किसानहरु वर्षौ देखि अभावमा बाच्नु परेको तथा कृषकको हितका लागी सरकारले कहिल्यै नसोचेको उनले बताए ।
जनमत पार्टीका रौतहट युवा संघका संयोजक बिबेक कुमार झाले किसानका माँग प्रति सरकार गम्भीर नभएको बताए ।
प्रर्दशनमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट किसानहरु गौरमा आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्