कृषकको गुनासो सुन्न अन्तरक्रिया
केपिलासगढी गाउँपालिकाले कृषक समूहका प्रतिनिधिहरुसंग छलफल तथा अन्तक्रिया गरेको छ । गाउँपालिकाको अध्यक्ष समीर राईको अध्यक्षतामा बुधबार कृषक समूहका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो ।
गाउँपालिकाले पालिकामा दर्ता भएका सम्पूर्ण समूहका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो । छलफलमा अध्यक्ष राईले कृषक समूहहरुलाई कृषि उत्पादन वृद्धि साथै आधुनिक कृषि गर्नको लागि १५ दिनभित्र आफ्नो आफ्नो कार्ययोजनासहित पालिकामा उपस्थित हुन आग्रह गरे।
कृषकहरुको गुनासो र समाधानका उपायहरु साथै कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उत्पादनमा आत्मनिर्भर पालिका बनाउने हाम्रो अभियान अन्तर्गत सो कार्यक्रम गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्