कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि २० गतेसम्म बन्द

विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं र हेटौंडा बीचको मुख्य सडक १९ दिनको लागि बन्द गरिएको छ किनभने सडकको मर्मतकार्य गर्न आवश्यक भएको हो।
  • यस अवधिमा यात्रुहरुले वैकल्पिक मार्गको प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।
  • विकल्पमा कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक समावेश छन्।

२ जेठ, काठमाडौं । कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि  जेठ २० गतेसम्म बन्द गरिएको छ ।

frontline

सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको हो ।

बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ, ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म (१९ दिन) उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन…।’

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड |सडक बन्द

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here