कुटपीट गरी श्रीमती हत्या आरोपमा एकजना पक्राउ

२३ माघ, दाङ । दाङमा कुटपीट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा लुङग्री गाउँपालिका– ६ गुम्चालका ४९ वर्षका कृतिमान बुढाथोकी रहेका प्रहरीले जनाएको छ ।

frontline

माघ २१ गते शनिबार ४४ वर्षकी श्रीमती गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

डीएसपी गौतमका अनुसार सुरुमा उनले श्रीमती मुटु दुखेर विरामी परेको र उपचारको लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको बताएका थिए ।

तर घटनाको अनुसन्धान गर्दै जाँदा हत्या भएका खुलेको थियो । पछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेपछि उनले माघ २१ गते राति नै दाङ घोराही उपहानगरपालिका–१९ स्थित दुईखोली खोलामा कुटपीट गरी श्रीमतीको हत्या गरेको स्वीकारेका गौतमले बताए ।

प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरी कारवाहीका लागि पक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here