कीर्तिपुरमा अब वडा कार्यालयलाई नै योजना अनुगमनको जिम्मा

कीर्तिपुर नगरपालिकाले सबै वडा कार्यालयलाई योजना अनुगमन तथा निरीक्षण गराउन निर्देशन दिएको छ ।

नगरपालिका र वडा कार्यालयद्वारा विनियोजित पुँजीगत खर्च पारदर्शि गराउन तथा आयोजनाहरू छिटोछरितो सम्पन्न गर्न सो निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

frontline

नगरपालिकाको च न ६१७ को पत्रमा वडा कार्यालयद्वारा गठितसमिति मार्फत नगर तथा वडास्तरीय आयोजनाको नियमित अनुगमन तथा निरीक्षण गर्न(गराउन वडाहरूलाई निर्देशन दिइएको हो ।

सो पत्रमार्फत नगरपालिकाले योजना आयोजनाहरूमा कुनै बाधा तथा रोकावट आए तत्काल नगरपालिकालाई जानकारी गराउनसमेत भनिएको छ ।

नगरपालिकाको चालू आर्थिक वर्ष ०७७ र ७८ र ०७६ र ७७ बाट आएका योजना तथा कार्यक्रमहरूको नियमित अनुगमन तथा निरीक्षण गराउने व्यवस्था मिलाउन वडाहरूलाई अनुरोध गरिएको हो ।

सञ्चालित योजना आयोजनामा विभिन्न अवरोध आई महिनौंसम्म काम रोकिँदा पनि नगरपालिकालाई जानकारी नहुने र यसले गर्दा समयमा काम सम्पन्न नहुने समस्या देखा परेकाले यस्तो निर्देशन दिनु परेको प्रशासकीय अधिकृत सीता परियारले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here