किमका पिताको शोकसभा अवधिभर हास्न, पिउन, किनमेल गर्न रोक

२ पुस, उत्तर कोरिया । उत्तर कोरियाले हास्न, पिउन, किनमेल गर्नमा ११ दिनसम्मका लागि रोक लगाएको छ । उत्तर कोरियाली शासक किम जोङ उनका पिताको १० औं शोकसभा अवधिभर  शुक्रबारदेखि सो रोक लगाएको हो ।

उत्तर कोरियाले किमका पिता एवम् उत्तर कोरियाका पूर्वशासक किम जोङ ईलको १० औं शोकसभा मनाइरहेको छ । शुक्रबारदेखि लागू हुने शोकसभा ११ दिनसम्म चल्नेछ ।

frontline

किमका पिताले सन् १९९४ देखि सन् २०११ सम्म देशमा आफ्नो शासन चलाएका थिए । सन् १९४१ फेब्रुअरी १६ मा जन्मेका किम जोङ ईलको निधन सन् २०११ डिसेम्बर १७ मा भएको थियो । हृदयघातका कारण उनको निधन भएको थियो ।

उनको मृत्युको सम्झनामा उत्तर कोरियाले ११ दिने शोकसभा आयोजना गरेको सो अवधिभर उत्तर कोरियाका जनताले हास्न, नाच्न, पिउन र किनमेल गर्नमा रोक लगाइएको रेडियो फ्रि एसियामा खबर छ ।

सिनुइजु क्षेत्रका बासिन्दालाई उद्धृत गर्दै रेडियो फ्री एसियामा भनिएको छ, ‘सो अवधिभर फुर्सदको समयमा गरिने हरेक कामकाज, मनोरञ्जन, उत्सव आदी लगायत गतिविधि गर्न पाइने छैन ।

सो नियम  उल्लंघन गर्नेलाई पक्राउ गरी कारबाहि गरिन्छ । उत्तर कोरियामा हरेक वर्षको शोकसभामा यस्तै हुन्छ ।’

सो समयावधिभर अन्य कुनै व्यक्तिको मृत्यु भएमा मृतकका आफन्तले चर्को स्वरमा रुनसमेत नपाइने र कसैको जन्म भएमा जन्मोत्सवसमेत मनाउन नपाइने स्थानियले रेडियो फ्री एसियासँग बताएका छन् ।

किमका पिताको शोकसभा मनाउन उत्तर कोरियाली प्रहरीले डिसेम्बर महिनाको सुरुवातदेखि नै तयारी गरेको बताइएको छ । सो अवधिभर गर्न हुने र नहुने  कामबारे सार्वजनिक सूचनासमेत जारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here