किन भारत आउँदै छन् अमेरिकी विदेशमन्त्री

मेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउने भएका छन्। 

अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशमन्त्री रुबियोले यही अक्टोबर १७ देखि २२ सम्म उज्बेकिस्तान र भारतको भ्रमण गर्ने भएका हुन्। 

frontline

उनले भारतका मुम्बई र जामनगरको भ्रमण गर्नेछन्।

अमेरिकाको विदेश मन्त्रालयका अनुसार , ‘रुबियोले उज्बेकिस्तानमा, सचिव रुबियोले सी५+१ मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन्। यस कूटनीतिक मञ्चको उद्देश्य रणनीतिक सहयोगले संयुक्त राज्य अमेरिका र मध्य एसियाली देशका लागि अझ शान्तिपूर्ण र समृद्ध भविष्यलाई प्रवर्द्धन गर्छ भन्ने कुरामा जोड दिनु हो।’

विदेशमन्त्री रुबियोले सबै सीफाइभ देशहरू: उज्बेकिस्तान, काजाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र किर्गिस्तानका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय बैठक गर्ने छन्। 

यसपछि विदेशमन्त्रीले यस वर्ष आफ्नो दोस्रो आधिकारिक भ्रमणका रूपमा भारतको यात्रा गर्नेछन्।

उनले अमेरिका-भारत रणनीतिक साझेदारीलाई सुदृढ पार्न, क्षेत्रीय र विश्वव्यापी विकास र ऊर्जा सहयोग विस्तार गर्ने अवसरबारे छलफल गर्न भारतका वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ। 

रुबियोले व्यापारिक नेताहरूसँग पनि भेट गर्नेछन्। यसको उद्देश्य व्यापार लगानी र आर्थिक सहयोगका अवसर प्रवर्द्धन गर्नु हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here