काेराेना कारण बन्द रहेकाे पोखरा महानगरपालिकाकाे कार्यालय आजदेखि खुल्ने

कास्कीको पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुल्ने भएको छ ।

महानगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गएको असोज २९ गतेदेखि बन्द सेवा आजदेखि नियमित सुरु हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभयो ।

frontline

कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले दिँदै आएका अत्यावश्यक बाहेकका अन्य सेवा रोकिएको थियो । महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम समितिको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गर्ने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here